समाचार

यो सरकार फतक्क कुहिएर झर्छ : महामन्त्री थापा

By खबरहब

March 06, 2024

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।

‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन । आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने ।