समाचार

एकीकृत समाजवादीका दुई मन्त्रीको टुङ्गो लाग्यो

By खबरहब

March 06, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीको टुङ्गो लागेको छ ।

नेकपा एकीकृत समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो ।

जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ । उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।