देश/प्रदेश

खोरेतविरुद्ध खोप अभियान सुरु

By खबरहब

March 06, 2024

मोरङ- मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका किसान चिन्तित रहेका छन् । मङ्गलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् । तीन दिनदेखि पशुमा ज्वरो आउने, खुट्टा र मुखमा घाउ देखिने र खोले नखाएपछि किसान चिन्तित बनेका हुन् ।

पशुमा खोरेतको लक्षण देखिएपछि किसानले वडामा खबर गरी उपचार सुरु गरेका छन् । पथरी शनिश्चरे– ८ का वडाध्यक्ष नवीन कार्कीको सहयोगमा मङ्गलबार दिउँसोदेखि उपचार सुरु भएको हो ।

पशुमा खोरेतको लक्षण देखिएलगत्तै वडाध्यक्ष कार्की मङ्गलबारेस्थित किसानका गोठगोठमा पशु चिकित्सक र प्राविधिकको टोलीसहित पुगेका छन्  ।

वडाध्यक्ष कार्कीले किसानका समस्या सुनेर तत्काल नगरका पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलसहितको टोलीलाई रोग फैलिएका क्षेत्रमा आज बिहानैदेखि खोरेतविरुद्ध खोप लगाउन थालिएको बताए । खोरेतविरुद्ध किसानलाई सचेत पारिएको पनि वडाध्यक्ष कार्कीले जानकारी दिए ।