फाइल फोटो

समाचार

एमाले ललितपुरको अधिवेशन जारी

By खबरहब

April 06, 2024

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले_ को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ । 

यही चैत २५ गतेसम्म सञ्चालन हुने अधिवेशनले एक सय २०  संसदीय नयाँ कार्यसमिति चयन गरेको छ । बन्दसत्र सञ्चालनका लागि सो पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।