राजनीति

कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए

By खबरहब

April 06, 2024

 इलाम–  नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि खड्काले मनोनयन दर्ता गराएका हुन् ।

खड्काले उम्मेदवारी दर्ता गराउन जाँदा पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थिति थियो । 

खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् ।

पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।