मनोरञ्जन

तामाङ सेलोको ‘ओइ सोल्टिनी’ सार्वजनिक 

By खबरहब

April 06, 2024

काठमाडौं– गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ । 

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिष क्षेत्रीले गरेका छन् । अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो युट्युबमार्फत केही समयअघि सार्वजनिक गरिएको हो । 

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताइन्। 

अष्ट्रेलियामा अध्ययनरत अयुमी आफ्नी हजुरआमा धनमाया तामाङको बिँडो थाम्ने सिलसिलामा  ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आएकी थिइन्। उनी अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आएकी छन् । अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित छिन्।