सांकेतिक तस्बिर

समाचार

सर्लाही  लागू औषधसहित २ पक्राउ

By खबरहब

April 06, 2024

सर्लाही– सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।

 लालबन्दी नगरपालिका  १ नवलपुरबाट नाइट्रोभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित  हरिवन नगरपालिका  ७ चिताइनका २८ बर्षिया पिन्टुकुमार गुप्ता र ३० बर्षिया राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध ब्युरो वीरगञ्जको सूचनाको आधारमा  प्रहरीले ज ४ प ५१३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध नाइट्रोभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

आरोपहरूले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्रोभेट ट्याब्लेट तीन हजार थान  बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन्। 

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।