राजनीति

रास्वपा उम्मेदवार मिलन लिम्बुले दर्ता गराए मनोनयन

By खबरहब

April 06, 2024

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

आगामी १५ वैशाखमा इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाम  मनोनयनपत्र दर्ता गराएका हुन् ।

रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका छन । 

यसअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् ।