राजनीति

इलाममा एमाले उम्मेदवार सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल

By खबरहब

April 06, 2024

काठमाडौं– आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र- २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई  विजयी गराउन नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संयुक्त अपिल गरेका छन् ।

एमाले, माओवादी र नेकपाले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका हुन् ।

अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका इलामका संयोजक विजय खम्बू र नेकपाका इलाम इन्चार्ज मौसम सीले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ ।