फाइल फोटो

राजनीति

इलामका जनताको खुसी ल्याउन उम्मेदवारी दियौँ : रास्वपा 

By खबरहब

April 06, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले  इलाम क्षेत्र न.२ मा  हुने उपनिर्वाचनमा  उम्मेदवार दिएको बताए । 

मन्त्री अर्याल उम्मेदवार  मिलन लिम्बूको मनोनयनपत्र दर्ताका क्रममा आज इलाम पुगेका हुन् ।

उनले इलामको समृद्धि र विकासका लागि पनि युवा उम्मेदवारलाई जिताउन आग्रह गरे। विभिन्न पार्टीका नेताहरूले आफ्नो पार्टीलाई जिताउन आग्रहसहित घरदैलो गरेर जनतासमक्ष मत मागिरहेका छन् ।