समाचार

सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल, विप्लवको पनि समर्थन

By खबरहब

April 06, 2024

काठमाडौं – आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई जिताउन तीन पार्टीले आग्रह गरेका छन् ।

शनिबार साँझ एक अपिल जारी गर्दै नेकपा (एमाले)सँगै नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुहाङलाई जिताउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको अपीलमा उल्लेख गरिएको छ । यसअघि नै माओवादीले सुहाङलाई सघाउने निर्णय गरेको थियो ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

याे पनि…

यस्ताे छ अपिल