खेलकुद

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

By खबरहब

May 06, 2024

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा रोमा र युभेन्टसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

रोमाका लागि रोमेलु लुकाकु र युभेन्टसका लागि ग्लेसन ब्रेमरले एक–एक गोल गरेका थिए ।

खेलको १५औँ मिनेटमा गोल गर्दै लुकाकुले रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३१औँ मिनेटमा ब्रेमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा रोमा र युभेन्टस बराबरी खेल्दै अंक बाँड्न बाध्य भए ।

यो बराबरीपछि युभेन्टस ३५ खेलबाट ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा यथावत छ भने रोमा ६० अंकसहित पाँचौँ स्थानमा छ ।