क्रिकेट

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

By खबरहब

May 06, 2024

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मुम्बईस्थित वान्खडे रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा सनराइजर्स हैदरावाद १० खेलबाट ६ मा जित र ४ मा हार बेहोर्दै १२ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

यता, मुम्बई इण्डियन्सको खराब प्रदर्शन जारी छ । अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अंक रहेको छ । तालिकाको पुछारमा रहेको मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।

हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दैछ भने मुम्बई हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।