सांकेतिक तस्बिर

अपराध

इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

May 06, 2024

काठमाडौं–  इजरायल पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आराेपमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले एक जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।