अन्तर्राष्ट्रिय

मंगोलियाको जंगलमा आगलागी बढ्यो

By खबरहब

May 06, 2024

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जंगल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३.८ प्रतिशतले बढी हो । 

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जंगली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जंगल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भुइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ ।

मंगोलियामा कठोर जलवायु विविधता रहेको छ र यहाँ सामान्यतया वसन्त ऋतुको समयमा सुख्खा र हावाहुरी चल्छ ।