समाचार

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

By खबरहब

May 06, 2024

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।

३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।

अहिले विमानमा प्राविधिक परिक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।