तस्बिर : गेटी इमेज

अन्तर्राष्ट्रिय

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

By खबरहब

May 06, 2024

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न थालिएको बताएको छ ।

कति मानिसलाई बाहिर निकालिएको छ भनेर सोध्दा एकजना सैन्य प्रवक्ताले भने, ‘करिब एक लाख मानिस छन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार हाल करिब १२ लाख मानिस रफाहमा शरण लिइरहेका छन् । तीमध्ये अधिकांश इजराइल र हमास प्यालेस्टिनी लडाकूहरूबीच सात महिनाको युद्धका क्रममा गाजाको अन्य ठाउँबाट भागेका थिए ।