मनोरञ्जन

‘गाउँ आएको बाटो’ : टिजर सार्वजनिक कार्यक्रममा जे देखियो…

By खबरहब

May 06, 2024

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।

फिल्म गाउँमा मोटरबाटो पुगेपछि बाउ–छोराबीच उत्पन्न हुने विवादमा आधारित भएको बताइएको छ । यो फिल्म भोजपुरको दुर्गम गाउँमा छायांकन गरिएको हो । 

यस फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेतृ पशुपति राई र बालकलाकार प्रसन राईलाई मुख्य भूमिकामा रहेको बताइएको छ । फिल्म जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।