खेलकुद

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

By खबरहब

May 06, 2024

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ ।

इङ्ल्यान्डको इबिबि स्टेडियममा सोमबार भएको खेलमा इङ्ल्यान्ड ‘सि’सँग नेपालले २–० को हार व्यहोरेको हो ।

नेपालले सुरुवाती समयमा नै दुई गोल खाएको थियो । इङ्ल्यान्ड लागि खेलको आठौं मिनेतमा निक काबाम्बाले पहिलो गोल गरेको थिए । त्यस्तै १३ औं मिनेटमा क्यालाम स्टेडले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरेको थियो । केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोेल गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।

इङ्ल्यान्ड ‘सि’ टोलीमा इङ्ल्यान्डको पाँचौं डिभिजन नेशनल लिगका खेलाडीहरु रहेका थिए ।