क्रिकेट

टी-२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको चुनौती

By खबरहब

June 06, 2024

काठमाडौं – आईसिसी टी-२० विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई १६५ रनको चुनौती दिएको छ।

टस जितेर ओमानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६४ रन बनाएको हो।

अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतक बनाए। वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे। मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६६ रन पूरा गरे।

कप्तान मिचेल मार्शले १४, ट्रेभिस हेडले १२ रन बनाए भने ग्लेन म्याक्सवेल शून्यमा आउट भए।

अस्ट्रेलियाको सुरुवाती ब्याटिङ लाइनलाई कमजोर पार्न ओमानका मेहरान खानले दुई विकेट हात पार्दा विलाल खान र कलीमुल्लाहले समान एकएक विकेट लिए। केही बेरमा ओमानले जवाफी ब्याटिङ गर्दैछ।

समूह ‘बी’मा रहेको अस्ट्रेलिया विश्वकपमा पहिलो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा छ।