समाचार

वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध

By खबरहब

June 06, 2024

वीरगञ्ज– गएराति हावाहुरीले बिजुलीका पोल ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको समयमा बिजुली नहुँदा जनजीवन प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले हुरीले ढालेका पोल उठाउन तीव्र रुपमा काम भइरहेको बताए ।

उनलेआज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने बताए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।