फाइल फोटो

आर्थिक

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

June 06, 2024

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।