समाचार

ललितपुरमा ‘सुन्दर ललितपुर नगरी’ कार्यक्रम

By खबरहब

June 06, 2024

काठमाडौं– ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ । 

जनताका समस्या प्रत्यक्ष रुपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ । नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । 

उनले जनताका भोग्नुपर्ने समस्याहरू सुनुवाइ गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताए । सो कार्यक्रमले स्थानीय सरकारको महसुस जनताले प्रत्यक्ष रुपमा गर्न सक्ने उनको विश्वास छ । त्यस्तै उनले महानगरलाई वातावरणमैत्री बनाउन बिभिन्न स्थानमा वृक्षारोपण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

उनले महानगरको वृक्षारोपण अभियान अन्तर्गत रोकिएका विरुवाहरुलाई क्षति  पुर्‍याउनेलाई कारवाही गरिएको बताए ।