आर्थिक

हिमालयन रि ले पायो ‘जिआइसी रि’मा हिस्सा   

By खबरहब

June 06, 2024

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रि को पुनर्बीमा ट्रिटीमा हिस्सा पाएकाे छ । कम्पनीले भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै उक्त हिस्सा पाएकाे हाे ।

स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रोत्रबाट प्रवर्द्धित कम्पनी प्रति जिआइसी रि जस्तो कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरूमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।