आर्थिक

अब बजेटमा केही गर्न सकिँदैन : अर्थमन्त्री

By खबरहब

June 06, 2024

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले वार्षिक बजेटमा भएका कुराहरूमा अर्थ मन्त्रालयले केही गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूको जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  थप रकम अपुग भएमा अर्थ मन्त्रालयको विविध शीर्षकमा रहेको रकमबाट व्यवस्थापन गर्न सकिने उनले बताए ।

‘बेला बेला अर्थ मन्त्रलायले यसो गर्‍यो-त्यसो गर्‍यो भनिन्छ । वार्षिक बजेटमा भएका कुरामा अर्थले केही गर्दैन,’ उनले भने, ‘जब थप रकम आवश्यक हुन्छ या विपद्‌मा अपुग हुन्छ, त्यस्तो अवस्थामा अर्थ विविधमा रहेको रकमका लागि अर्थ मन्त्रालयको सहमति चाहिने हुन्छ ।’

बजेट प्रस्ताव गर्दा तयारी पूरा नभएका आयोजनालाई बजेट कार्यान्वयनको चरणमा तयारी पूरा गर्न सक्षम तुल्याउनुपर्ने उनको भनाइ छ ।