समाचार

त्रिभुवन विमानस्थलको धावनमार्ग फेरि चर्कियो, सबै उडान ठप्प

By खबरहब

June 06, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग फेरि चर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाका अनुसार धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान रोकिएका छन् ।

चर्किएको धावन मार्ग टाल्न समय लागेपछि एक घण्टादेखि उडान रोकिएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सयौँ यात्रु अहिले उडानको प्रतिक्षामा छन् ।

यसअघि गत जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानहरू होल्ड गरिएको थियो ।

बिहीबार पनि विदेशबाट आएका र आन्तरिक उडानका जहाजहरूलाई होल्ड गरिएको छ । विमानस्थलमा पटक पटक यस्ता घटना भइरहँदा यात्रुलाई भने सास्ती भएको छ ।