मनोरञ्जन

फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक

By खबरहब

June 06, 2024

काठमाडौं– फिल्म ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो । 

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय पात्रको रुपमा देखाइएको छ । यस चलचित्रमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रका लेखेक आनन्द बिक्रम क्षेत्री हुन्।

यस फिल्ममा  दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्सन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।