क्रिकेट

अमेरिकाविरुद्ध पाकिस्तानको खराब सुरुवात

By खबरहब

June 06, 2024

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत अहिले अमेरिका र पाकिस्तानबीचको खेल जारी छ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा अमेरिकाले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गरिरहेको छ । पाकिस्तानले ६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ३० रन बनाएको छ ।

ओपनर मोहमद रिजवान आठ बलमा नौ रन बनाएर आउट भए । त्यस्तै उस्मान खान तीन र फकर जमान ११ रन बनाएर आउट भएका छन् ।

अहिले पाकितास्तानी कप्तान बाबर आजम १५ बलमा तीन रन बनाएर क्रिजमा छन् । उनलाई सादाब खानले साथ दिइरहेका छन् ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।