खेलकुद

युएईविरुद्ध नेपाल २–० ले पछाडि

By खबरहब

June 06, 2024

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपाल २–० ले पछाडि परेको छ ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा जारी खेलमा युएईको तर्फबाट दुवै गोल हरिब अब्दल्लाले गरेका हुन् । उनले खेलको १२ र १४ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिएका हुन् ।

समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ। अंकविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।