खेलकुद

युएईले थप्यो अर्को गोल, नेपाल ३–० ले पछाडि

By खबरहब

June 06, 2024

काठमाडौं – फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपाल ३–० ले पछाडि परेको छ ।

पहिलो हाफमा २–० को अग्रता बनाएको युएईले दोस्रो हाफको ५४ औं मिनेटमा अर्को गोल थप गरेको हो । युएईका लागि ५४ औं मिनेटमा अली सालेहले गोल गरेका हुन् ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा जारी खेलमा यसअघि युएईको तर्फबाट हरिब अब्दल्लाले दुई गोल गरेका थिए । उनले खेलको १२ औं र १४ औं मिनेटमा गोल गरेका हुन् ।

समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ। अंकविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।