क्रिकेट

टी–२० विश्वकप : पाकिस्तानद्वारा अमेरिकालाई १६० रनको लक्ष्य

By खबरहब

June 06, 2024

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा पाकिस्तानले अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ ।

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा १५९ रन बनाएको हो ।

उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । ४३ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै सादाब खानले ४०, ईफ्तीखार अहमदले १८ रन बनाए । ओपनर मोहमद रिजवान नौ रनमा आउट भए ।

उस्मान खानले तीन रन बनाउँदा फकर जमान ११ रन बनाएर पेभेलियन फर्किए । साहिन अफ्रिदीले २३ रनको योगदान दिए ।

अमेरिकाका लागि नोस्थुज केन्जीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए । त्यस्तै सौरभ नेत्रावलकरले दुई तथा अलि खान र जस्दीप सिंहले एकएक विकेट लिए ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।