ब्रेकिङ स्टोरी

कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिबारे जानकारी गराउने

By खबरहब

July 06, 2024

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा कांग्रेस–एमालेबीच गत सोमबार नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस–एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।