समाचार

भोटेकोशी आयोजनामा हराएका दुई मजदुरको शव फेला

By खबरहब

July 06, 2024

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी पहिलो जलविद्युत् आयोजनाको ढलान (डिसेन्डर कभर स्ल्याब) खस्दा बेपत्ता भएका दुई मजदुरको शव भेटिएको छ ।

हिजो बेपत्ता भएका बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो ढलान खस्दा १० जना पुरिएकोमा ८ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका घाइतेको धुलिखेल अस्पतामा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।