अन्तर्राष्ट्रिय

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान

By खबरहब

July 06, 2024

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख डलर योगदान गरेको छ ।

भारतले ‘हिन्दू एट यूएन’ परियोजनाका लागि ११ लाख ६९ हजार ७ सय ४६ डलर प्रदान गरेको संयुक्त राष्ट्रसंघस्थित भारतीय नियोगले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै नियोगले नियोगका सहचारी आर रवीन्द्रले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको उल्लेख छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन एवम् हिन्दी बोल्ने विश्वका जनतालाई आफ्नै भाषामा सुसूचित गर्ने उद्देश्यले यस्तो सहयोग प्रदान गरिएको हो ।

राष्ट्रसंघको सार्वजनिक सूचना विभागसँगको सहकार्यमा भारतले सन् २०१८ मा ‘हिन्दी एड यूएन’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।