देश/प्रदेश

माओवादी र एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिँदै

By खबरहब

July 06, 2024

जनकपुरधाम– मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएका छन् । दुबै पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।

मधेश सरकारमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं अर्थमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीका संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुङेलीले राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री सतिस सिंहले आजै विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक बस्दैछ ।