फाइल तस्वीर

समाचार

वर्षाका कारण आन्तरिकतर्फको हवाइ सेवा प्रभावित

By खबरहब

July 06, 2024

काठमाडौँ– अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।

विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको उडान र अवतरण प्रभावित भएको हो ।

आन्तरिक तर्फको उडान बिहान ७ बजेदेखि नै डिले भइरहेका छन् । अन्तर्राष्ट्रयतर्फका उडान र अवतरण भने भइरहेका छन् ।

काठमाडौँ उपत्यका लगायत देशभर वर्षा भइरहेको छ ।