राजनीति

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरिँदै

By खबरहब

July 06, 2024

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गर्न लागेका छन् । मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपनि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री,  नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्री छन्।

मुख्यमन्त्री सतिश सिंह बर्खास्त र मन्त्रिपरिषद् पुनर्गठनको पत्र लिएर प्रदेश प्रमुख कार्यालयमा छन् ।