फाइल फोटो

समाचार

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

By खबरहब

July 06, 2024

गुल्मी– जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । 

घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । 

उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए ।