देश/प्रदेश

राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता

By खबरहब

July 06, 2024

दाङ– जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदीमा पानीको बहाव बढी फसेका दुई जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ ।

 आज दूध बिक्री गरी घर फर्कँदै गरेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादव सो नदीको दोभान फसेका थिए । उनीहरूको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौज सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सोही जिल्लाको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षीय राजकुमार यादवको खोजीकार्य भइरहेको छ । उनी दूध बिक्री गरी घर फर्कने क्रममा  बिहान करिव ९ः३० बजे सो नदीले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षीय गोरे क्षेत्रीको समेत सकुशल उद्धार गरिएको छ ।