राजनीति

मधेसका मुख्यमन्त्री सिंहले मागे विश्वासको मत

By खबरहब

July 06, 2024

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु भएको छ । 

प्रदेशसभाको बैठक सुरु भएलगत्तै मुख्यमन्त्री सिंहले विश्वासको मत मागेका छन्। मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।  

उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । 

प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले भने ‘बढीभन्दा बढी मत दिएर मप्रति सदनको विश्वास रहेको छ भने तपाईँहरूले पुष्टि गर्नुहोला ।’