समाचार

बाढीभित्र बल्खु ! (तस्बिरहरू)

By खबरहब

July 06, 2024

काठमाडौं– काठमाडौंस्थित बागमती किनारमा पर्ने बल्खुको तटीय क्षेत्र बाढीमा डुबेको छ । बल्खु तरकारी बजारदेखि नदी किनार नजिकै रहेका भवन तथा संरचना समेत बाढीको चपेटामा परेको हो ।

शुक्रबार रातिदेखि लगातार परिरहेको बर्खेझरीले काठमाडौंका साना-ठूला नदीको सतह बढ्दा अन्तिम निकास बागमतीले खतराको तह पार गरेको छ । बल्खुभन्दा केही माथि काठमाडौं उपत्यकाका प्रमुख दुई नदी बागमती र विष्णुमति मिसिएको स्थान टेकु दोभान पर्छ ।

टेकु दोभान देखिकै नदी किनारका क्षेत्र यतिखेर जलाम्मे छ । कुलेश्वर फलफूल बजारको तल्लो भाग पनि आंशिक डुबानमा परेको छ । टेकु आवास क्षेत्र समेत डुबेको छ ।

तस्विरहरूः