देश/प्रदेश

काठमाडौंमा मनसुन कहर : बालकुमारीदेखि थापाथलीसम्म डुबानमा (तस्बिरहरू)

By खबरहब

July 06, 2024

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनार मनसुन कहरमा परेका छन्‌ । तटीय क्षेत्रका बजारदेखि आवासीय क्षेत्रसम्म बाढी पसेको छ ।

पसलकबलमा पानी पस्दा धनमाल क्षति भएको छ भने मानिसहरूलाई आवतजावतमा समेत कठिनाइ भएको छ । च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयदेखि टेकु आवास क्षेत्र हुँदै बल्खु तरकारी बजार यतिखेर बाढीको चपेटामा परेको छ ।

शुक्रबार रातिदेखि परिरहेको बर्खे झरीका कारण उपत्यकाका नदीहरूको सतह सतर्कता र खतराकै तह पार गरी उर्लंदैछ ।

उपत्यकाका दुई प्रमुख नदी बागमती र विष्णुमति किनारका बस्तीभित्र बाढी पसेको छ । दक्षिण-पूर्वतिर बालकुमारी, च्यासल हुँदै थापाथलीसम्म बाढीको ताण्डव छ ।

बाढीग्रस्त भक्तपुरको हनुमन्ते खोला समेत मिसिएपछि मुस्लिएको बागमती नदीले बालकुमारीदेखि थापाथलीसम्मको नदी किनार क्षेत्र डुबानमा पारेको हो ।

तस्बिरहरूः