फाइल फोटो

समाचार

एमाले केन्द्रीय कार्यालयमा मनोहराको बाढी पस्यो

By खबरहब

July 06, 2024

काठमाडौं– वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पसेको छ ।

लगातारको अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार पार्टी कार्यालयभित्र पसेको हो ।

शुक्रबार रातिदेखि लगातार परिरहेको बर्खेझरीले काठमाडौंका साना-ठूला नदीको सतह बढ्दा अन्तिम निकास बागमतीले खतराको तह पार गरेको छ ।