समाचार

भारतको सिलोङमा चार नेपालीको हत्या

By खबरहब

July 06, 2024

काठमाडौं – भारतको सिलोङमा चारजना नेपालीको हत्या गरिएको छ ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो ।

पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ ।