अन्तर्राष्ट्रिय

चीनमा बाँध भत्किँदा ६ हजार बढी प्रभावित

By खबरहब

July 06, 2024

काठमाडौं । चीनको हुनान प्रान्तमा २२६ मिटर अग्लो बाँध भत्किएको छ । बाँध भत्किँदा ६ हजार भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । हुनान प्रान्तका सबै राजमार्ग बन्द गरिएका छन् । लामो समय परेको झरीका कारण बाँध भत्किएको हुनसक्ने अनुमान गरिएको छ ।

उद्धारका लागि २३०० भन्दा धेरै उद्धारकर्ता, १५० जल सवारी प्रयोग गरिएको थियो ।सिन्ह्वाका अनुसार चीनको दोस्रो ठूलो ताजा पानीको ताल डोङटिङ ताल शुक्रबार दिउँसो खोलिएको थियो ।

राष्ट्रपति सी चिनफिङले सबैखाले तरिका अपनाएर उद्धारमा खटिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।