स्वर्णपछिको खुशी

खेलकुद

पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा, चीनसँग कडा प्रतिस्पर्धा

By खबरहब

August 06, 2024

पेरिस – पेरिस ओलम्पिकमा अमेरिका २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । सुटिङमा जितेको पदकसँगै चीनसमेत २१ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरिसको प्रतिस्पर्धामा गएराति केही समय शीर्ष स्थानमाा रहेको चीनलाई पछि पार्दै अमेरिका पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

सोमबारको विशेष समाचार भनेको पोल भोल्टमा राखेको एरियन डु प्लान्टिसको विश्व कीर्तिमान नै हो । उनले ६.२५ मिटर नाघेर आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान राख्न सफल भएका हुन् ।

सोमबारको खेलपछि पेरिस ओलम्पिकमा थ्रि बाइ थ्रि बास्केटबल, पौडी, ब्याडमिन्टन, जिम्न्यास्टिक र सुटिङका सम्पूर्ण प्रतिस्पर्धा सकिएका छन् । यसैगरी आर्चरीको पनि प्रतिस्पर्धा सकिएको छ ।

बाँकी रहेका प्रतिस्पर्धाबाट अमेरिका र चीन पहिलो स्थानमा लागि तथा बेलायत र फ्रान्सको बिचमा तेस्रो स्थानमा लागि प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ ।