खेलकुद

काभा महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र इरान भिड्ने

By खबरहब

August 06, 2024

काठमाडौँ– काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनल नेपाल र इरानबीच अपराह्न सवा ५ बजे सुरु हुनेछ ।

समूह चरणको खेलमा भारत १० अंकसहित शीर्षस्थानमा र नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

त्यस्तै, इरान ७ अंकसहित तेस्रो तथा श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनलमा पुगेका हुन् । माल्दिभ्स भने लिग चरणबाटै बाहिरिसकेको छ ।