समाचार

कान्तिलोकपथ अवरुद्ध

By खबरहब

August 06, 2024

ललितपुर– गए रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ ।

बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

सडक अवरुद्ध भएपछि यातायातका साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।