फाइल फोटो

समाचार

फास्ट ट्रयाकको टनेल ‘ब्रेक थ्रू’पछि राजदूत सोङले भने- चीन र नेपाल मिलेर काम गरे असम्भव केही छैन

By खबरहब

August 06, 2024

काठमाडौं- निर्माणधीन काठमाडौं-तराई-मधेस द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ आइतबार ब्रेक थ्रू भएपछि नेपालस्थित चिनियाँ राजदूत चेन सोङले खुसी व्यक्त गरेका छन् ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएर चिनियाँ ठेकेदारमार्फत उक्त सुरुङ मार्ग खनिएको थियो ।

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै राजदूत सोङ पनि सहभागी भएका थिए ।

चीन र दक्षिण कोरियाका राजदूतहरूको समेत उपस्थितिमा प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्ग ब्रेक थ्रू भएको घोषणा गरेका थिए । यो

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यु र अन्य महानुभावज्युहरूसंग पोली छङ्गदा KTFT-2 परियोजनाका सबै सुरुङ सफलतापूर्वक ब्रेकथ्रु भएको उत्सवमा सहभागी हुन पाउँदा निकै खुसी लाग्यो। यो परियोजना नेपालको “राष्ट्रिय गौरव” परियोजनाहरुमध्ये एक हो। यस परियोजना नेपालको सबैभन्दा अग्लो… pic.twitter.com/ohbLQIYpyy

— Ambassador Chen Song (@PRCAmbNepal) August 6, 2024

त्यसपछि सोमबार चिनियाँ राजदूत सोङले उक्त सुरुङमार्ग ब्रेक थ्रू कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताएका हुन् ।

‘काठमाडौं-तराई फास्ट ट्रयाक परियोजनाका सबै सुरुङ सफलतापूर्वक ब्रेकथ्रु भएको उत्सवमा सहभागी हुन पाउँदा निकै खुसी लाग्यो’, उनले सोमबार भनेका छन्, ‘यो परियोजना नेपालको ‘राष्ट्रिय गौरव’ परियोजनाहरूमध्ये एक हो।’

उनले यस परियोजना नेपालको सबैभन्दा अग्लो पुल र सबैभन्दा ठूलो क्रस-सेक्सन सुरुङ निर्माणमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘चीन र नेपाल मिलेर काम गर्दा असम्भव केही हुँदैन, कुनै पनि अवरोध अटुट हुँदैन’, उनले भनेका छन् ।