ब्रेकिङ स्टोरी

बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र (तस्बिरहरू)

By खबरहब

August 06, 2024

काठमाडौं- मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।

सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण उपत्यकाका टेकु र कुलेश्वर क्षेत्रमा प्रभाव परेको छ। 

टेकु र कुलेश्वर क्षेत्रस्थित बागमती किनारका बस्तीमा बाढी पसेको हो । बाढी पसेपछि होचो क्षेत्रका घरको भित्रैसम्म पानी पसेको छ ।